अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार लामो टेलिफोन वार्ता भएको छ। 

उनीहरुबीच दुई घण्टा १७ मिनेट फोनवार्ता भएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले ह्वाइट हाउसलाई उदृत गर्दै बताएको छ । 

सन् २०२१ जनवरीमा बाइडेन अमेरिकाको राष्ट्रपति नियुक्त भएपछि सी र उनीनबीच योसमेत पाँचपटक कुराकानी भएको छ । दुई राष्ट्रपतिबीचको कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा बिग्रिएको अमेरिका–चीन सम्बन्धमा बाइडेन​ आएपछि सुधार आउने संकेत देखिएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार २२:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया