आइतबारसम्म देशभर वर्षाको सम्भावना, सर्तक रहन मौसमविद्को अनुरोध

आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । शुक्रबार धेरै स्थानमा वर्षा हुने भएको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । तीन दिन देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकाले नदी, खोलानाला आसपासका बासिन्दालाई सर्तक रहन मौसमविद्ले अनुरोध गरेका छन् ।  





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ६:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया