सशस्त्र प्रहरी बलमा स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खोलेको छ । प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।  

शुक्रबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि आवेदन आह्वान गरिएको हो । 

निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ । दरखास्त भदौ १२ गतेसम्म दिन मिल्ने छ ।  





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ७:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया