बैतडीमा बन्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

बैतडीको डिलाशैनी गाउँपालिका–५ शेरामा छोराले बुबाको हत्या गरेका छन् । शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बन्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् । 

बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका–५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए ।  ‘डिप्रेसनमा रहेका लोकराजले बुबालाई बञ्चरो प्रहार गरेका हुन्, टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो,’ उनले भने ।

लोकराजलाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घटनाको थप अनुसन्धानका इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।     





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ८:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया