काबुल– तालिबान लडाकुहरूले अफगानिस्ताको राजधानी काबुलनजिकै रहेको सैनिक सूचना केन्द्रमा हमला गर्दा कम्तीमा ६५ जनाको ज्यान गएको छन् । घटनामा अन्य कैयौँ घाइते भएको नेसनल डाइरेक्टरेट अफ सेक्युरेटीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार आक्रमणकारीले कारमा राखिएको बम विस्फोट गराउँदै केन्द्रमा प्रवेश गरी र गोली चलाउन थालेका थिए । यो अफगानिस्तानमा गुप्तचर संस्थामाथि भएको हिंसात्मक आक्रमणमध्ये एक हो ।
पछिल्लो समय अफगान सेनाविरुद्ध तालिबान विद्रोहीहरूले आक्रमण तीव्र पारेका छन् । कतारमा तालिबान–अमेरिका वार्ताको केही घन्टाअघि वारडेक प्रान्तमा यो आक्रमण भएको हो । काबुलबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको आक्रमणमा परेको केन्द्र सरकार पक्षधर शक्तिको तालिमस्थल हो ।
तालिबानले भने अफगान सेनामाथि आक्रमण गरी १९० जना मारेको दाबी गरेको छ । यद्यपि, तलिबानले आफ्ना आक्रमणमा मर्नेको सङ्ख्या बढाएर दाबी गर्ने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।