गाईसँग माेटरसाइकल ठोक्किदा एकको मृत्यु, एकजना घाइते

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो ।

अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका थिए । उनको अनुहारमा चोट लागेको थियो । मोटरसाइकल पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनापछि दुवैजनालाई अस्पताल लगिएको थियो । हमालको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १०:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया