उड्न लाग्दा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो
उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज बिहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा खराबी देखिएपछि जहाज विमानस्थलमै रोकिएको हो ।
उड्न लाग्दा वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो । एक्कासि खराबी आएपछि जहाजलाई विराटनगरमै रोकिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले बताए ।
परीक्षण गरेर समस्या समाधान गरेपछि नियमित उडान हुने उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।