अरू दल यथास्थितिवादी हुन्, देशको विकास एमालेले नै गर्छ :  शंकर पोखरेल
फाइल तस्वीर

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले  दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । 

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोखरेलले दाबी गरे । 

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोखरेलले बताए । 'प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ',  पोखरेलले भने 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १८:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया