४ मंसिरमा संघीय निर्वाचन पक्का, केही दिनमै घोषणा हुन्छ : प्रकाशशरण महत
फाइल तस्वीर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए ।

उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । औपचारिक रुपमा । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेदवारका कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् ।'

नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए । उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे ।

'नेपाली कांग्रेसको कमजोरी भनेको प्रचारमा छ । हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ । कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ । यसमै लाग्ने हो भने हामी आफ्नो मुल लक्ष्यबाट टाढा हुन्छौँ’ उनले भने ।



प्रवक्ता महतले आफ्नो आकांक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनबारे सूचना प्रकाशन गर्न निर्देशन दिए ।



  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १९:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया