साफ यु–२० च्याम्पियनसिपमा आयोजक भारतको पहिलो जित

आयोजक भारतले साफ यू–२० च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज श्रीलंकालाई ४–० ले हराउँदै भारतले पहिलो जित निकालेको हो ।

साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई तथा हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक –एक गोल गरे ।

खेलको ५० औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर बनाए । 

 ७४ औं मिनेटमा गरर्कितले घरेलु टोलीका लागि तेस्रो गोल गरे । थप गरिएको समयमा पार्थिवले व्यक्तिगत तेस्रो गोल गरेपछि भारतले ४–० को सहज जित निकाल्यो ।

जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग २–१ पराजित भएको थियो । लगातार तेस्रो हार बेहोरेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भारत बंगलादेशसँग १–० र नेपालसँग ३–० ले पराजित भएको थियो ।





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १९:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया