वेस्ट इण्डिजविरूद्धको पहिलो टी-२० मा भारत विजयी

घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित हात पारेको छ । उसले गए राति सम्पन्न खेलमा ६८ रनको सहज जित हात पारेको हो ।

१९१ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १२२ रन मात्र  बनाउन सक्यो । उसका लागि सम्राह ब्रुक्सले सर्वाधिक २० रनको योगदान दिए । किमो पउलले अविजित १९, कप्तान निकाेलस पुरनले १८, काइल मायर्सले १५, राेभमन पावेल र सिम्राेन हिटमायरले १४/१४ तथा अकिल हुसेनले ११ रन जोडे ।

भारतका लागि अर्शदीप सिंह, रवीचन्द्रन आश्विन र रवी विश्नाेईले दुई / दुई तथा भुवनेश्वर कुमार र रवीन्द्र  जडेजाले एक/एक विकेट लिए । त्यसअघि ट्रिनिडाडस्थित ब्रेन लारा स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएकाे थियाे ।

भारतका लागि कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले । ४४ बलकाे सामना गरेका उनले सात चौका र दुई  छक्का प्रहार गरे । दिनेश कार्तिकले अविजित ४१, सूर्यकुमार यादवले २४, रवीन्द्र जडेजाले १६, ऋषभ पन्तले १४ र रवीचन्द्रन आश्विनले अविजित १३ रन बनाए ।

वेस्ट इण्डिजका लागि अल्जारी जाेसेफले दुई तथा ओबेड म्याकाेय, अकिल हुसेन, जेसन हाेल्डर र किमो पउलले एक/ एक विकेट हात पारे । जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल सोमबार हुनेछ । 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार ७:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया