रोनाल्डोले युनाइटेडबाट मैत्रीपूर्ण खेल खेल्ने

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

रोनाल्डोले सामाजिक संजालबाट भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका हुन् । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ ।

 उनले आज हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् । रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा छन् । उनी प्रि-सिजन टुरका लागि थाइल्याण्ड र अस्ट्रेलिया गएका थिएनन् ।

रोनाल्डो केहि दिन अघि मात्र युनाइटेड फर्किएका हुन् । 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार ९:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया