फ्रेन्च क्रिकेटर गुस्ताभ म्याकिओनले बनाए टि–२० अन्तर्राष्‍ट्रियमा दुर्लभ कीर्तिमान

१८ वर्षीय फ्रेन्च क्रिकेटर गुस्ताभ म्याकिओनले टि–२० अन्तर्राष्‍ट्रियमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनी फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप छनोट ‘बी’ अन्तर्गत नर्वेविरुद्ध शतकीय पारी खल्दै टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् ।

उनी नर्वेविरुद्ध  ५३ बलमा आठ छक्का र पाँच चौकासहित १०१ रनको शतकीय पारी खेल्दै टि–२० अन्तर्राष्‍ट्रियमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने । 
 गुस्ताभको शतक र तीन विकेटको सहयोगमा फ्रान्स ११ रनले विजयी भएको थियो ।

उनी टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडी समेत हुन् ।पहिलो खेलमा स्विट्जरल्याण्डविरुद्ध ६१ बलमा नौ छक्का र पाँच चौकासहित १०९ रनको शतकीय पारी खेल्दै टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । तर फ्रान्स एक विकेटले पराजित भएको थियो । 

गुस्ताभ १८ वर्ष २८० दिनमा शतक प्रहार गर्दै टि–२० अन्तर्राष्ट्रियमा कान्छा शतकधारी बनेका थिए । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाईले बनाएको २० वर्ष ३३७ दिनको कीर्तिमान तोडेका थिए । गुस्ताभले तीन टि–२० अन्तर्राष्‍ट्रियमा दुई शतक र एक अर्धशतकसहित २८६ रन बनाएका छन् । 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १२:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया