कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

कम्युनिटी शिल्डमा आज म्याचेस्टर सिटी र लिभरपुल प्रतिस्पर्धा गर्दै छन् । खेल लेस्टर सिटीको घरेलु मैदान किंग्स पावर स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इंग्लिस नयाँ सिरिजको सुरुवात गर्ने कम्युनिटी शिल्डमा लिग विजेता र एफएकफ विजेता टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिटी लिग विजेता र लिभरपुल एफएकप विजेताका हैसियतले यो खेल खेल्दै छन् । 

म्यानेस्टर सिटी लिभरपुलाई हारउँदै सातौंपटक कम्युनिटी शिल्डको उपाधि उचाल्न चाहन्छ । उसले १९३७ मा पहिलो पटक र २०१९ मा पछिल्लो पटक यो उपाधि हात पारेको थियो । लिभरपुल पनि सिटीलाई हराउँदै १६ औं कम्युनिटी शिल्ड उचाल्ने सोचमा छ । उसले १९६४ मा पहिलो पटक र २००६ मा अन्तिम पटक यो उपाधि हात पारेको थियो । 

परम्परा यही हो, ‘लिग भर्सेस कप’ विजेताको खेल । हुन त यो उपाधिलाई खासै महत्त्व दिँदैन । खालि एक औपचारिकता मात्र मान्ने पनि छन् । अझ कम्युनिटी शिल्ड जित्नेले लिग जित्दैन भन्ने विश्वास पनि छ । तर एउटा तथ्य निश्चित छ, जसले यो उपाधि जित्छ, त्यो टोली कम्तीमा खुसी भने हुनेछ ।

यो उपाधि टोलीमा उत्साह भने पक्कै थप्नेछ । यस पटकको कम्युनिटी शिल्डमा सबैको नजर सिटीका इर्लिङ हालान्ड र लिभरपुलका डारविन नुनेजमा हुनेछ । उनीहरू भर्खर अनुबन्धित खेलाडी हुन् । 

गत सिजनको तुलनामा यसपल्टको सिटी र लिभरपुल धेरै फरक पनि छन् । सिटीले रहिम स्टर्लिङ र गाब्रियल जिससलाई बेचेको छ र आफ्नो अग्रपंक्ति अझ धारिलो बनाउन हालान्ड अनुवन्ध गरेको छ ।



सादियो मानेले लिभरपुल छाडेका छन् भने क्लबले नुनेज अनुबन्ध गरेको छ । दुवै टोलीमा अरू धेरै परिवर्तन छन्, तर सबैको आँखा लाग्ने खेलाडी यिनै दुई हुन् । यो खेल एक प्रकारले खेलाडीको मात्र नभएर दुई व्यवस्थापकको भिडन्त पनि हो,  अर्थात्  ‘पेप ग्वार्डिओला भर्सेस योर्गन क्लोप’ को भिडन्त ।



  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १३:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया