साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद
फाइल तस्वीर

अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाइएको छ । 

एक अमेरिकी न्यायाधीशले शुक्रबार साउदीमा जन्मेका क्यानडेलीलाई आजीवन कारावासको सजाय सुनाएको हो । टोरन्टोमा हुर्केका ३९ वर्षीय मोहम्मद खलिफाले २०१३ मा क्यानडा छोडेर सिरिया गएका थिए । 

सन् २०१९ मा अमेरिकी समर्थित कुर्दिश फौजले कब्जामा लिनुअघि आईएस समूहको तर्फबाट दुई सिरियाली सैनिकको हत्या गरेको अमेरिकी न्याय मन्त्रालयले  एक विज्ञप्तिमा भनेको छ । 

उनलाई गत वर्ष अक्टोबरमा संघीय अनुसन्धान व्युरोको हिरासतमा सारिएको थियो र डिसेम्बर १० मा विदेशी आतंकवादी संगठनलाई सहयोग गराएकोमा दोषी ठहर गरिएको थियो ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १४:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया