महिला साफ च्याम्पियनसिप: समूह चरणमा नेपाललाई सहज प्रतिस्पर्धी

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार महिला साफको समूह विभाजन सार्वजनिक गरेको हो ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल  श्रीलंका र भुटानसँगै समूह 'बी' मा  छ । तुलनात्मक रूपमा नेपालले केही सहज प्रतिस्पर्धी पाएको छ ।

यस्तै, समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  हुने महिला साफ च्याम्पियनसिप २१भदौ २१ देखि ३ असोजसम्म हुनेछ ।



साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका छन् ।



बन्द प्रशिक्षणका लागि डाकिएका खेलाडी -

गोलकिपर : एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

डिफेन्डर : अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सबिना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर

मिडफिल्डर : सुनकला राई, रेणुका नगरकोटी, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल

फरवार्ड :  सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन

  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १४:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया