प्यूठान जिप दुर्घटनामा १ जनाको मृत्यु, १५ घाइते
फाइल तस्वीर

प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको हो । घटनामा अन्य १५ जना घाइते भएका छन् ।

स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुघटनामा परेर मायादेवी गाउँपालिका- ३ की गुडिया ठाकुरको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकाहरूको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुघटनाको कारण खुलिसकेको छैन । प्रहीले दुघटनाबारे छानबिन भइरहेको जनाएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १४:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया