कोरोनाबाट थप २ जनाको मृत्यु, थपिए ४३८ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४३८ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।

आज २७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ३ हजार ६९९ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको छ । १ हजार ७७९ नमुनाको पिसिआर गर्दा २९२ जनामा र १ हजार ९२० जनाको एन्टिजेन गर्दा १४६ जनामा कोरोना देखिएको छ ।

देशभर ४ हजार ३६९ सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १६:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया