पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अबको एक साताभित्र संघीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघ समाजवादी काभ्रेले शनिबार आयोजना गरेको जिल्ला भेलामा बोल्दै खनालले सो जानकारी दिएका हुन् ।
सरकार चुनावको मिति घोषणाको तयारीमा लागेको बताउँदै खनालले भने, ‘अब हप्ता–दश दिनभित्र संघीय निर्वाचनको मिति घोषणा हुन्छ, मिति घोषणा हुनु भनेको आउने मंसिर पहिलो हप्ताभित्र संघीय निर्वाचन हुने कुराहरू छन्।’
उनले निर्वाचनको मिति घोषणा भएपछि सिंगो देश निर्वाचनमा केन्द्रित हुने भएकाले त्यसैअनुसार तयारीका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए। निर्वाचन आफ्नो पक्षमा ल्याउन वडा तहसम्मै कमिटी बनाएर लाग्न र बोरामा पैसा बोकेर मत किन्न हिँड्नेहरूविरुद्ध लड्न उनले कार्यकर्ताहरूलाई आह्वान गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।