एसइईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले भदौ ११ र १२ गते पुनः परीक्षा दिन पाउने भएका छन् । सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो । 

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधबार प्रकाशित गरेको थियो। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिए । 

कोभिड संक्रमणका कारण अघिल्ला दुई वर्ष विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनका आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो। 

यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए। यस वर्ष करिब ४ लाख ९६ हजार परीक्षामा सहभागीमध्ये १०३ जनाको परीक्षा रद्द भएको थियो। 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १९:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया