स्पेनमा मंकीपक्सको संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ‘३ हजार ७५० विरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् । जसमध्ये दुई जनाको मृत्यु भएको छ,’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुवै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो । 

यसअघि युरोको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको छ ।   
  





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ६:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया