इंग्लिस क्लब लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै उसले उपाधि जितेको हो ।
किंग्स पावर स्टेडियममा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहम्मद सलाह र डार्विन नुनेजले एक/एक गोल गरे ।
सिटीका जुलियन अल्भारेजले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा अल्भारेजले सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । थप गरिएको समयमा नुनेजले गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए ।
समग्रमा १६ औं पटक कम्युनिटी शिल्डको उपाधि हात पारेको लिभरपुले सन् २००६ पछि यो उपाधि जितेको हो । कम्युनिटी शिल्डमा प्रिमियर लिग र एफए कप विजेताले कम्युनिटी शिल्डका लागि प्रतिस्पर्धा गर्ने गर्छन् । सिटीले प्रिमियर लिग तथा लिभरपुलले एफए कप जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।