नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक सारिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।