ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुरको बालकुमारीमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जिपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का आशिष लामाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ११ बजे बिएण्डबी अस्पताल ग्वार्काेमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।    





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ८:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया