श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघेले सुरु गरे विपक्षीसँग वार्ता

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन उनले पछिल्लो कदम चालेका हुन् ।

वार्ता एक साता सम्पन्न हुने स्रोतलाई उदृत गर्दै डेली मिररले जनाएको छ । विक्रमासिंघेले बिहीबार पूर्व राष्ट्रपति मियाथ्रिपाला सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग वार्ता गरेका छन् । तर, प्रमुख प्रतिपक्षी दल समगी जन बालवेगय (एसजेबी) पार्टी सरकारमा सहभागी नहुने अखबारले जनाएको छ ।

यसको सट्टा यसका केही सांसदहरू व्यक्तिगत रूपमा सत्तापक्षसँग सामेल हुने विचार गरिरहेका जनाइएको छ । यसैबीच, सांसद विमल विरावान्साको नेतृत्वमा राष्ट्रिय स्वतन्त्रता मोर्चा (एनएफएफ)ले विक्रमासिंघेलाई समर्थन गर्ने वाचा गरेको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ९:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया