भूकम्पले क्षति पुर्‍याएको खबर आएको छैन : खोटाङ सिडिओ

जिल्ला प्रशासन कार्यालय खोटाङले अहिलेसम्म भूकम्पले पुर्याएको बारेमा कुनै जानकारी प्राप्त नभएको बताएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पको धक्का महसुस भए पनि अहिलेसम्म कसैबाट पनि क्षति खबर भने प्राप्त नभएको जानकारी दिए । 

‘मैले स्थानीय तहका प्रतिनिधिहरूसँग बुझिरहेको छु । तर, अहिलेसम्म क्षति भएको खबर कसैले पनि जानकारी गराउनुभएको छैन,’ प्रजिअ सेडाईले भने ।

क्षतिको खबर आएमा राहत तथा उद्धारका लागि आफूहरू तयारी अवस्थामा रहेको पनि उनले बताए । आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिम विर्तालाई केन्द्र बनाएर ६ म्याग्नेच्युटको भूकम्प गएको थियो ।  





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ९:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया