शनिबार कोरोना परीक्षण गर्दा नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई संक्रमण पुष्टि भएको छ । उनलाई ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखिए पछि कोरोना परीक्षण गरिएको थियो ।
शनिबार बिहानदेखि कोइराला बिरामी परेपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको हो । कोइरालालाई कोरोना संक्रमण देखिएको र अस्पतालमा उपचार भइरहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।