युभेन्ट्समाथि रियल मड्रिडको सहज जित

स्पेनको रियल मड्रिडले प्रि–सिजन क्लब मैत्रीपूर्ण खेलमा इटालियन प्रतिद्वन्द्वी युभेन्ट्सलाई पराजित गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित रोस बोउलमा आज बिहान सम्पन्न खेलमा रियलले युभेन्ट्सलाई २–० ले पराजित गरेको हो । 

रियललाई जित दिलाउन कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले एक/एक गोल गरे । खेलको १९ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

भिनिसियस जुनियरलाई पेनाल्टी बक्समा ड्यानिलोले फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो, जसमा बेन्जेमा चुकेनन् ।

६५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले २–० को सहज जित निकाल्यो ।

प्रि–सिजनमा रियलको यो पहिलो जित हो । यसअघि बार्सिलोनासँग १–० ले पराजित उसले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको थियो ।

युभेन्ट्सको भने प्रि–सिजनमा यो पहिलो हार हो । यसअघि सिडी ग्वाडालजारालाई २–० ले पराजित गरेको उसले बार्सिलोनासँग २–२ को बराबरी खेलेको थियो ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ११:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया