केबल विनबीको ‘यादहरूको संग्रह’ पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँचमा

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक भएको छ । संक्षिप्त सूचीमा केवल बिनाबीको यादहरूको संग्रहालयसहित डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर,’ उषा हमालको भिक्षुसँग ‘प्रेम’ र दीपक पराजुलीको ‘मिथ्या’ परेका छन् । 

यी पाँचमध्येबाट उत्कृष्ट कृति पद्मश्री पुरस्कारका लागि छनोट गरिने छ । कविता संग्रह ‘यादहरूको सङ्ग्रहालय’ उन्मुक्त आन्दोलनको उत्पादन कृति भएको कवि बिनाबीले बताए । 

समाजको पिँधमा रहेको दलित समुदायले भागेको पीडा र कवि स्वंयले भागेको विभेदको बारेमा अधिकांश कविता लिपिबद्ध भएको बिनाबीको भनाइ छ । ‘मुख्यतया आफ्नो पीडा, आफ्नो वर्गले भोगेको पिडाको बारेमा धेरै कविताहरू छन् । अर्को भनेको राजनितिक दृष्टिकोणको बारेमा पनि कविताले बालेको छ । धार्मिक अन्धविश्वास, भौगोलिक विभेद, लैगिंक विभेद आदिको बारेमा लेखिएको छ । समाजको पिँधमा रहेका दलित समुदायले वर्षौदेखि भाग्दै आएका पिडाको बारेमा लेखिएका छन्,’ बिनाबीले भने । 

उनको यो कविता संग्रह गत वर्ष १७ असोजमा विमोचना भएको थियो । पुस्तक विमोचनका क्रममा लेखक राजेन्द्र महर्जनले बिनाबीको कविता जातीय पिरामिडको पिँधमा पारिएका समुदायको विद्रोहको आवाज भएको बताएका थिए ।

पुस्तक विमोचनकै क्रममा लेखक धनकुमारी सुनारले बिनाबीका कविता विभेदविरुद्धको आन्दोलनको दस्तावेज भएको बताइन् । कविताहरूले दलनविरुद्ध सशक्त प्रतिरोध बोलेको उनको भनाइ थियो ।

उक्त पुस्तकमा ४७ कविता संग्रहित छन् । पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो । प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो । 



२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो । 

उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी पाँचवटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले जानकारी दिएका छन् । 



  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ११:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया