अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, आजै सपथग्रहणको तयारी
फाइल तस्बिर

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै फेरि अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी भइरहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत २२ असारमा राजीनामा दिएका थिए । 

उनले राजीनामा दिएपछि यस विषयमा छानबिन गर्न संसदीय विशेष समितिसमेत बनाइएको थियो । समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ११:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया