क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।
‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’, उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भएका प्राप्त विवरणहरूमा जनाइएको छ ।
युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुअरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरेको छ । बुधबार युक्रेनी आक्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।