स्मिथले सम्झिए चार महिनाअघिको घटना, भने- ओस्कारमा मानसिक सन्तुलन गुमाएको थिएँ

बलिउड अभिनेता विल स्मिथ ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हिर्काएपछि लगातार चर्चामा छन् । यो घटनाको ४ महिनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै क्रिससँग पुनः एकपटक माफी मागेका छन् ।

भिडियोमा उनले आफूले क्रिससँग नियमित कुरा गर्ने कोशिस गरे पनि क्रिस यो कुरामा तयार नभएको दाबी गरेका छन् । विलले केही कुरा लेख्दै भिडियो सेयर गरेका छन् । ‘म पछिल्लो केही महिनादेखि धेरै कुरा सोचिरहेको छु र यसमा काम पनि गरिरहेको छु । तपाईंहरूले मलाई केही प्रश्न सोध्नुभयो । म आज त्यसको जवाफ दिन्छु । ओस्कार अवार्डमा मैले मानसिक सन्तुलन गुमाएको थिएँ । थाहा छैन मैले के सोचिरहेको थिएँ, धेरै अलमलमा पनि थिएँ’, उनले लेखेका छन् ।

उनले आफूले क्रिसको मोबाइलमा कुराकानी गर्न सन्देश पठाएको उल्लेख गरेका छन् । तर, उनी कुराकानी गर्न तयार नभएको विलको गुनासो छ । उनका अनुसार क्रिसले विललाई ‘जब म कुरा गर्ने स्थितिमा आउँछु, तब तपाईंसँग कुरा गर्नेछु’ भनी सन्देशको जवाफ पठाएका छन् ।

‘क्रिस म तपाईंसँग माफी पनि माग्न चाहन्छु । मलाई थाहा छ मेरो व्यवहार स्वीकार गर्न लायक थिएन । तपाईंलाई जहिल्यै कुरा गर्न मन लाग्छ, म यहीँ छु’, उनले भनेका छन् ।

विलले ओस्कार अवार्ड २०२२ को समयमा क्रिसमाथि थप्पड हिर्काएका थिए । क्रिसले विलकी पत्नीको मुण्डन रोगको बारेमा मजाक गरेपछि विल रिसाएका थिए । सँगै रहेकी श्रीमतिमाथि मजाक गरेपछि विल स्टेजमै गएर क्रिसमाथि थप्पड हिर्काएका थिए ।

क्रिसलाई हानेपछि विलले मार्च २९ मा एकेडेमी अफ मोसन पिक्चरबाट राजीनामा दिएका थिए । विलले यसअघि पनि क्रिससँग पटक–पटक माफी मागिसकेका छन् ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १३:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया