जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त, बेलुका ५:३० बजे शपथ
फाइल तस्वीर

जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गराएको आरोप लागेपछि २२ असारमा अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

छानबिन गर्न बनेको विशेष सं‌सदीय समितिले अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएको प्रतिवेदन संसदमा पेश गरेपछि माओवादी केन्द्रले शर्मालाई पुनः अर्थमन्त्रीमा सिफारिस गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए । 

सोहीअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । उनको बेलुका ५:३० बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १६:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया