नेप्से ५४.५८ अंक बढ्यो, ८ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट
फाइल तस्वीर

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ ।

आइतबार कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो ।

नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फाइनान्स उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा  जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । लगानी उपसमूह ४.७६ प्रतिशत बढेको छ । अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । 

आइतबार नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तर यता, नेशनल हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १६:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया