नेपालमा पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यो अवधिमा २ हजार ६५१ नमुनाको पीसीआर गर्दा ४९६ र ३ हजार १९५ नुमनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ गरि ६ सय २० जनामा कोरोना देखिएको हो ।
आइतबार २९७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ५६७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।