'गम्भीर प्रश्न उठेका व्यक्तिलाई पुनः अर्थमन्त्री बनाइनु जनताको संवेदनशीलतामाथिको अपमान'

अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुन नियुक्ति गरेको भन्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा पुनः नियुक्ति दिएर नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको बताए ।

'गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि सम्बन्धित पार्टी र प्रधानमन्त्रीले पुनः त्यसी ठाउँमा फर्काउनु भनेको नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको ठान्दछु' उनले भनेका छन् ।

उनले शर्मामाथि छानबिन गर्न बनेको समितिको अध्ययन अधुरो रहेको बताए । छानबिन समितिको सदस्यसमेत रहेका ज्ञवालीले जानीबुझी अध्ययनलाई अपुरो बनाइएको आरोप लगाए ।

'अनुसन्धानलाई गहिराईमा पुग्नै दिइएन र पर्याप्त मात्रामा टुल्सहरु प्रयोग गर्न नपाएकोले धेरै प्रश्नहरु नै अनुत्तरित छ,’ उनले भने ‘अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन त्यो अनुत्तरित छ । होइन भन्ने आधारहरू छैन ।'

उनले अन्य परिस्थितिजन्य कारणले अनधिकृत व्यक्ति आएको हो भन्ने प्रस्टसँग देखिएको बताए । त्यसका लागि प्रमाण जुटाउन थप अनुसन्धान गर्न आवश्यकता रहेको पनि उनले जिकिर गरे ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १८:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया