राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयमा फर्किए जनार्दन

जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहणपश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलीकरण गर्ने आवश्यकता रहेको बताए ।

उनले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलीकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाए ।

मन्त्री शर्माले गत आवको बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलाई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत बताए । उनले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा मन्त्रालयको काम गर्ने बताए ।

‘विश्व आर्थिक अवस्था विभिन्न युद्धका कारण अर्थतन्त्रमा समस्या रहेको छ । यस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्रलाई सवलीकरण गर्नुपर्ने आवश्यकता छ । सवलीकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ,' उनले भने ।



मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।



त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थियो । तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो ।

  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १९:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया