महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिस्पर्धी भुटान

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेल तालिका सार्वजनिक गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप २१ भदौदेखि ३ असोजसम्म हुनेछ ।

सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यी दुईले २१ भदौमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै घरेलु टोलीले  समूह चरणको दोस्रो तथा अन्तिम खेलमा २६ भदौमा श्रीलंकासँग खेल्नेछ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।



नेपाल श्रीलंका र भुटानसँगै समूह ‘बी’ मा छ । यस्तै समूह ‘ए’मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्  ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।



  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार २०:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया