निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

नेपाल आयल निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । 

निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पूरा हुने प्रक्रियामा रहेकाले फिर्ता लिन आग्रह गरेको थियो ।

महासंघले मातहतका निकायलाई पत्राचार गर्दै भनेको छ–  ‘सञ्चालक समितिका अध्यक्ष देशबाहिर रहनुभएकाले अध्यक्षज्यू फिर्ता भई बस्ने पहिलो बोर्ड बैठकबाट ढुवानी भाडा समायोजनको निर्णय गर्ने भनी पत्र प्राप्त भएकाले हाललाई हाम्रा विरोधका कार्यक्रम स्थगन गरी ढुवानी कार्य पूर्ववत् रूपमा यथावत् सञ्चालन गर्न–गराउनुहुन अनुरोध छ ।’
 
महासंघले यस विषयमा थप निर्णय लिनुपरेमा साउन २२ गते बस्ने बैठकले गर्ने पनि जनाएको छ । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार २२:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया