‘हिरो अफ युक्रेन’ को अवार्ड पाएका अन्न उद्योगीको रुसी गोलाबारीमा मृत्यु

दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा युक्रेनका एक धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो । 

रुसी सेनाले उनीहरू बसोबास गर्दै आएको घरमा मिसाइल प्रहार गरेको युक्रेनी मिडियाले जनाएको छ । भादाटुर्स्की अनाज निर्यातमा संलग्न समूह निबुलोनका मालिकसमेत थिए । उनले ‘हिरो अफ युक्रेनको अवार्ड’ पाएका थिए । 

माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले यो सहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बमबारी भएको बताएका छन् ।

रुसी बमबारीमा होटल, खेलकुद परिसर, दुई विद्यालय, सर्भिस स्टेसन र घरमा क्षति पुगेको छ । माइकोलाइभ युक्रेनको मुख्य बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ । यो सहर बारम्बार आक्रमणमा परेको छ ।  





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ७:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया