यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ११ पैसा तोकेको छ । सोमबारका लागि राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार  युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३८ पैसा र बिक्री दर ८८ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ९१ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ०७ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, चाइनिज युआवन एकको खरिदमा १८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १८ रुपैयाँ ८५ पैसा तोकिएको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३३ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ३३ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७५ पैसा र कुवेती दिनार एकको खरिद दर ४१२ रुपैयाँ ०३ पैसा र बिक्री दर ४१३ रुपैयाँ ९९ पैसा रहेको छ ।  





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ११:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया