अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले एसिया भ्रमण गर्दै छिन् । पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण सुरु गरेको उनको कार्यालयले जनाएको छ । तर, सर्वाधिक चासोको देश ताइवानको सम्भावित भ्रमणबारे केही उल्लेख गरिएको छैन् ।
उनले स्वशासित टापुको भ्रमण गर्न सक्ने तीव्र अनुमान गरिएको छ । ताइवानलाई चीनले दाबी गर्दै आएको छ । ताइवानको भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चीनले अमेरिकालाई चेतावनी दिएको छ ।
२५ वर्षयता कुनै पनि उच्च पदस्थ अमेरिकी निर्वाचित अधिकारीले ताइवान भ्रमण गरेका छैनन् । ६ सदस्यीय कङ्ग्रेसको प्रतिनिधिमण्डलको भ्रमणले अमेरिकी ‘सहयोगी र यस क्षेत्रका साथीहरूप्रति अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्न’ खोज्नेछ । यो भ्रमण सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानसहित ‘इन्डो–प्यासिफिक क्षेत्र’ को हुने उनको कार्यालयले जनाएको छ । चीनले ताइवानलाई एउटा छुट्टिएको प्रान्तको रूपमा हेर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।