चोटका कारण बंगलादेशी कप्तान हसनले जिम्बाब्वेविरुद्धको बाँकी खेल गुमाउने

बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाब्वेविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको बाँकी एक खेल र एकदिवसीय सिरिज गुमाउने भएका छन् ।

बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा आइतबार सम्पन्न दोस्रो टी–२० खेलमा क्याच लिने क्रममा उनी घाइते भएका थिए ।  

यो खेलमा बंगलादेश सात विकेटले विजयी भएको थियो । योसंगै तीन खेलको सिरिज १–१ बराबरीको अवस्थामा पुगेको छ । 

हसनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका छन् । उनले भने, ‘हामीले एक्सरे गरेपछि उहाँको औैंला भाँचिएको थाहा भयो । उक्त चोट ठिक हुन सामान्यतय तीन साता समय लाग्छ ।’

घाइते भएसंगै उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् । उनले मंगलबार हुने तेस्रो तथा अन्तिम टी–२० र तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् । 

उनको अनुपस्थितिमा टोलीको कप्तानी कसले गर्ने भन्नेबारे भने बंगलादेश क्रिकेट संघले केही खुलाएको छैन ।
 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १५:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया