कार्यकारी अधिकृतविरुद्ध ४ लाख ४७ हजार कमिसन लिएको अभियोगमा मुद्दा दायर
फाइल तस्बिर

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा वास्तविक मूल्य भन्दा फरक मूल्य राखी कमिसन खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यकारी अधिकृत विरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरू खरिद गरेको अभियोगमा सोमबार तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । 

‘सरुवा भई गए पश्चात् कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरू खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने, दिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरू मध्ये  ४ लाख ४७ हजार ५०० बराबरका सामग्रीहरू कार्यालयमा नरहेको देखिँदा निज तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि हुन आएकोले निजले हानि नोक्सानी गरेको बिगो ४ लाख ४७ हजार पाँच सय रुपैयाँ कायम गरी निजलाई सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐनको दफा ३(१) (घ)  बमोजिम कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १६:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया