फेल भएका अध्यादेश पुनः ल्याउने तयारीमा बागमती प्रदेश सरकार
फाइल तस्बिर

बागमती प्रदेश सरकार पछिल्लो समय आफूले ल्याएका अध्यादेशहरूलाई कसरी पास गराउने भन्ने तर्फ केन्द्रित भएको पाइएको छ । प्रदेश सरकारले प्रदेशसभाबाट पास हुन नसकेको अध्यादेशलाई पनि पुनः ल्याउने तयारीमा जुटेको छ । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश , निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रदेश सरकारले पुनः ल्याउन लागेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले यस अघि जारी गरेको अध्यादेश पूर्ण रूपमा कार्यान्वयनमा गएकाले नियमित कामकाज सञ्चालनका लागि पनि अध्यादेश ल्याउनुको अर्को विकल्प नरहेको बताए । सरकारका तर्फबाट अध्यादेशको सम्पूर्ण तयारी पूरा गरेर मन्त्रीपरिषदबाट पास गर्न मात्र बाँकी रहेको मन्त्री शर्माको भनाइ छ । 

यता अध्यादेश जारी गर्न बस्ने भनिएको मन्त्रीपरिषद् बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित भएको स्रोतले बताएको छ। प्रदेश सरकारले गत फागुनमा जारी गरेको ५ वटा अध्यादेश मध्ये ४ वटा अध्यादेश प्रदेशसभाबाट फेल भएको थियो । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १७:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया