अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्स, मुख्यमन्त्री राईले गरे ट्रायल सेन्टरको उद्घाटन

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेका छन् । सोमबार मुख्यमन्त्री राईले विरानगरबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्नेगरी सञ्चालनमा ल्याइएको ट्रायल सेन्टरको उद्घाटन गरेका हुन् ।
 
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश राजधानी विराटनगरमा सर्वसाधारणको सहजताका लागि उक्त सेवा सञ्चालनमा ल्याइएको बताए । यसअघि प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट मात्र सवारी चालक अनुमति पत्र वितरण हुँदै आएको थियो । 

यो सुविधा विस्तार भएसँगे यातायात व्यवस्था कार्यालयहरुमा लाग्ने सेवाग्राहीको भीडभाड कम हुने विश्वास गरिएको छ । 

विराटनगरबाटै लाइसेन्स वितरणका लागि बुधबार देखि नै अनलाइन फाराम खुला गरिएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार २०:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया