चिया पार्टी रुपान्तरण भएर बन्यो पुनर्जागरण पार्टी, निर्वाचन आयोगमा दर्ता

निर्वाचन आयोगमा सोमबार नयाँ पार्टी दर्ता भएको छ । आयोगमा पुनर्जागरण पार्टी दर्ता भएको हो । 

यसअघि सो पार्टीको नाम ‘चिया पार्टी’ प्रस्ताव गरिएको थियो । आयोगले अस्वाभाविक नाम भन्दै दर्ता गर्न नमानेपछि सो पार्टीको नाम पुनर्जागरण पार्टी राखिएको हो । 

१८९ नम्बरमा दर्ता भएको पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्रीमा रवि किरण हमाल छन् । 

४० वर्षभन्दा कम उमेर समूहका मात्रै सदस्य समेटिएको सो पार्टीको केन्द्रीय समिति २१ सदस्यीय छ । जसमा ५० प्रतिशतभन्दा बढी महिला छन् ।

सो पार्टीले ​ चुनाव चिह्न ‘वाइफाई’ माग गरेको छ । निर्वाचन आयोगले सो चिह्न दिन नमानेपछि चुनाव चिह्न पछि प्रस्ताव गर्ने गरी पार्टी दर्ता भएको हो ।

यस्तो छ केन्द्रीय समिति



श्याम बाबु गौतम अध्यक्ष - सिन्धुपाल्चोक

रवि हमाल ठकुरी महामन्त्री - सुर्खेत



कविता निरौला

सदीक्षा केसी

कामना पौडेल

सन्तोष पाण्डे

इन्दुकुमारी वन

कोपिला भट्टराई

प्रतिमा भट्टराई

अप्सरा सिवाकोटी

शोभा अर्याल

आस्मा कपाली

गोविन्दप्रसाद मैनाली

मानकुमार स्याङतान

रुपा बलाल

अंशुकुमारी घिमिरे

भद्रबहादुर शाही

दिलबहादुर राई

यमुना केसी

आवाज शर्मा

तुल्सी भण्डारी

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार २२:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया