म्याकोयको घातक बलिङमा भारतविरुद्ध वेस्ट इण्डिज ५ विकेटले विजयी

भारतविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिजले जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा पाँच विकेटको जित हात पारेको हो । 

वेस्ट इण्डिजको यो जितसँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । भारतले दिएको १३९ रनको लक्ष्य वेस्ट इण्डिजले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

घरेलु टोलीका लागि ब्रेन्डन किंग्सले अर्धशतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । डेभन थोमस ३१ रनमा अविजित रहँदा कप्तान निकोलस पूरनले १४ रन जोडे ।

भारतका लागि अर्शदीप सिंह, रवीन्द्र जडेजा, रवीचन्द्रन आश्विन, हार्दिक पाड्या आवेश खानले एक/एक विकेट हात पारे । त्यसअघि सेन्ट किट्सस्थित वार्नर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । 

उसका लागि हार्दिक पाड्याले सर्वाधिक ३१ रनको योगदान दिए । रवीन्द्र जडेजाले २७, ऋषभ पन्तले २४, सूर्यकुमार यादवले ११ तथा श्रेयस अय्यर र रवीचन्द्रन आश्विनले १०–१० रन जोडे ।

वेस्ट इण्डिजका लागि ओबेड म्याकोयले ४ ओभरमा एक मेडनसहित १७ रन दिएर ६ विकेट लिए । त्यतै, जेसन होल्डरले दुई, अल्जारी जोसेफ र अकिल हुसेनले एक/एक विकेट हात पारे । 



पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । भारत र वेस्ट इण्डिजबीचको तेस्रो खेल आज हुनेछ । 



  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ६:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया