इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट  मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको  पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए । 

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७।४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।

ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्विटको स्क्रिनसट पनि सेयर गरेका थिए ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ७:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया