एकीकृत समाजवादीले आगामी निर्वाचनका लागि हैसियत बनाएको छ : सोमप्रसाद पाण्डे

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्ने बताएका छन् । मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । 

उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै कांग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर कांग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी निर्वाचनको लागि हैसियत बनाएको दाबी गरे । 

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको भूमिका र स्थानीय तहमा समाजवादीले ल्याएको मतको आधारलाई हेरेर आगामी निर्वाचनमा सिट बाँडफाँड हुने उनको दाबी छ । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १८:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया